शीर्षकहरू

असोज ११ गते ‘ठमेल नखः’ महोत्सव हुने

असोज ११ गते ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । 
४४ औं विश्व पर्यटन दिवस-२०२४ को अवसरमा असोज ११ गते (सेप्टेम्बर २७) हुने यो महोत्सवमा संस्कृति, संगीत, कला र खानाको संयोजन रहने आयोजकले जनाएको छ ।

ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । ठमेल नख: ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने र उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम सेट गरिएको ठमेल पर्यटन विकास परिषद् जनाएको छ ।

परिषद्का अनुसार महोत्सवका मुख्य आकर्षणहरू निम्न रहनेछन् 
१) सांस्कृतिक उत्सव : नेपालको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत र नाटकको उत्सव 
२) कान्तिपुर कला : ठमेल र काठमाडौंको कलात्मक स्वभावको सारलाई समात्ने स्थानीय कलाकारहरूद्वारा कला प्रदर्शनी र प्रत्यक्ष कला स्थापनाहरू
३) चङ्गाहरूले भरिएको आकाश : ठमेलको आकाशमा स्वतन्त्रता र सृजनात्मकताको प्रतीक चङ्गाहरूको प्रदर्शन
४) सात घुम्तीको स्वादिष्ट यात्रा : स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू सहितको ठमेलको उत्कृष्ट स्वादका खानाको यात्रा
५) मुए थाईको टाइटन्स : ठमेलको मुटुमा मय थाई खेलाडीहरूले आफ्नो सीप प्रदर्शन गर्दै मार्शल आर्टको रोमाञ्चक प्रदर्शन 
६) सांगीतिक दबू : समकालीन बीटहरूसँग परम्परागत ध्वनिहरू मिसाउने लाइभ संगीत स्टेज
७) ट्याट्स अप : ट्याटु उत्साहीहरूका लागि एउटा अनुपम अनुभव, स्थानीय ट्याटु कलाकारहरूको कलात्मकता र ठमेलमा शरीर कला संस्कृतिलाई हाइलाइट गरिने