शीर्षकहरू

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन, रास्वपा र जसपा नेपालको फरक मत

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन, रास्वपा र जसपा नेपालको फरक मत

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको पछि निर्णय गर्नेगरी तत्काल १६ देशका लागि प्रस्तावित  राजदूतको नाम अनुमोदन भएको हो ।

सरकारले गत साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 
 
सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ ।

बहुमतले १६ प्रस्तावित राजदूतमध्ये कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), धनप्रसाद पण्डित (इजरायल) र नेत्रप्रसाद तिम्सिना (मलेसिया) का विषयमा रास्वपाका सांसद डोलप्रसाद अर्यालले उनीहरूको नैतिक चरित्रमा प्रश्न उठाउँदै फरक मत राखेका थिए । यस्तै जसपा नेपालका सांसद प्रकाश अधिकारीले डा. शंकरप्रसाद शर्मा (भारत), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), प्रा. धनप्रसाद पण्डित (इजरायल) र नेत्रप्रसाद तिम्सिना (मलेसिया)को निर्णयमा फरक मत राखेका थिए ।