शीर्षकहरू

जीएसी एयोन-वाईलाई लाइटहाउस अवार्ड, ईभी उत्पादनमा उद्योग ४.० उत्कृष्टता मान्यता

जीएसी एयोन-वाईलाई लाइटहाउस अवार्ड,  ईभी उत्पादनमा उद्योग ४.० उत्कृष्टता मान्यता

काठमाडौं । जीएसी एयोन-वाईले  वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइटहाउस अवार्ड प्राप्त गरेको छ । लाइटहाउस अवार्ड ती कम्पनीहरूलाई दिइन्छ जसले नयाँ प्रविधिहरूको प्रयोग गरेर उत्पादन गर्ने तरिका सुधार गर्छन्। उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले एयोन-वाई लाई गाडी निर्माण उद्योगमा अलग बनाएको कम्पनीले बताएको छ ।

यस अवार्डले एयोन-वाईको चौथो औद्योगिक क्रान्ति (फोर आईआर) प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिन्छ, जसले उत्पादन प्रक्रियाहरूलाई उल्लेखनीय रूपमा सुधार गरेको छ । जीएसी एयोन-वाई को कारखाना नयाँ ऊर्जा सवारी साधन (एनईभी) ५३ सेकेन्डमा असेंबल गर्न सक्षम रहेको कम्पनीको भनाइ छ, जुन अन्य धेरै नवीन उपलब्धिहरूमध्ये एक हो ।

वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीएसी एयोन-वाईलाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीको रूपमा पुष्टि गरेको र यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको दाबी कम्पनीको छ ।