शीर्षकहरू

दुई महिनामा १२ अर्ब ९८ करोडको विदेशी लगानी प्रतिबद्धता

दुई महिनामा १२ अर्ब ९८ करोडको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवाती दुई महिना अर्थात साउनदेखि भदौसम्म १२ अर्ब भन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस अवधिमा १२ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको हो । 

यो लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सुरुवाती दुई महिनामा १४ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । 

उद्योग विभागका अनुसार साउनमा ९ अर्ब १५ करोड २५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ ।  

दर्ता भएका उद्योगमा ठूला उद्योग दुई वटा रहेका छन् भने साना उद्योग ९५ वटा  रहेका छन् । भदौ मसान्तसम्म कृषि क्षेत्रका दुई, सूचना प्रविधि क्षेत्रका तीन, निर्माण क्षेत्रका ६ वटा, सेवामुलक क्षेत्रका १५ र पर्यटन क्षेत्रका ७१ उद्योग दर्ता भएका छन् ।