विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । दुईतिहाई मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
मत विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। नेकपा एकीकृत समाजवादीका २ जना मतदानमै सहभागी भएनन् । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए ।
यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिनुपरेको हो ।
कोशी प्रदेशमा ९३ प्रदेशसभा सदस्य छ्न । नेकपा एमालेका ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक प्रदेश सभा सदस्य छ्न । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार छ ।