शीर्षकहरू

दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित तीन युट्युबरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा चरित्र हत्या गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो ।

प्रसाईँसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

पछिल्लो समय उनले सर्वसाधारणलाई ऋण नतिर्न उक्साउनेदेखि सामाजिक सद्भाव भड्काउनेगरी युट्युबहरूमा अन्तर्वार्ता दिँदै आएका थिए । केही समयअघि मात्रै उनले भक्तपुरमा ट्याक्सी चालकहरूको र्‍याली निकालेका थिए ।

यसअघि २०७६ मा पनि उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक कनेक्सन भएकै कारण पक्राउबाट बचेका थिए ।