शीर्षकहरू

यस्तो छ पोखरा रोयल सहकारीको वित्तीय अवस्था

यस्तो छ पोखरा रोयल सहकारीको वित्तीय अवस्था

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले भदौ मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस सहकारीको शेयर पुँजी १५ करोड १९ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ९४ लाख १३ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, यस सहकारीको कूल बचत एक अर्ब ९१ करोड ५३ लाख ३६ हजार रुपैयाँ रहेको छ भने लगानी रहेको ऋण एक अर्ब ६९ करोड ३६ लाख १९ हजार रुपैयाँ रहेको छ । 

यस अवधिमा संस्थाको विभिन्न कोषहरूको जम्मा रकम ११ करोड २० लाख ९७ हजार, तरलता रकम ७४ करोड १४ लाख ४८ हजार र कूल सम्पत्ति २ अर्ब ५३ करोड ६५ लाख ९७ हजार रहेको छ । साथै यस सहकारीका ९ हजार ५७४ शेयर सदस्य हुँदा ऋणी सदस्यको सङ्ख्या एक हजार ३१९ रहेको छ ।