शीर्षकहरू

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालन

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिष्कृत गर्ने योजना अनुरूप आफ्नो कर्पोरेट कार्यालयको प्राङ्गणमा ‘स्मार्ट हब’ सेवा  सञ्चालनमा ल्याएको छ । बैंकमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङ्गको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ । क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।