शीर्षकहरू

प्रदेश संरचना हटाउन मिल्दैन : देउवा

प्रदेश संरचना हटाउन मिल्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । पछिल्लो समय प्रदेश खारेको माग बढ्दै गएको अवस्थामा उनले यस्तो बताएका हुन् ।

पार्टीको कानुन विभागले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश संरचना नहट्ने बरु संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार गर्नुपर्ने बताए ।

'प्रदेश संरचना बनिसकेको छ । हट्ने कुरा छैन । हटाउन सकिने स्थिति पनि छैन । यसलाई कसरी अझै बढी अकाउन्टेबल बनाउनेदेखि सारा कुराका सम्बन्धमा सोच्ने र विचार गर्नुपर्ने, त्यसअनुरूप सुधार गर्नुपर्ने कुराहरू हुनसक्छन्,' उनले भने ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेर केपी शर्मा ओली प्रधानमन्त्री बन्दा संविधान संशोधनको कुरा मात्रै भएको र त्यो प्रजातन्त्रको खिलापमा नभएको बताउँदै प्रदेश संरचना हटाउने विषयमा कुनै सहमति नभएको स्पष्ट पारे ।