शीर्षकहरू

मुक्तिनाथ फाउण्डेशनको रक्तदान कार्यक्रम सम्पन्न

मुक्तिनाथ फाउण्डेशनको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिनु भएको छ । रक्तदान कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । 

सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार रुपैयाँ, सञ्चालक सिताराम काफ्लेले १० हजार रुपैयाँ र सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार रुपैयाँ संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन्  ।