शीर्षकहरू

धनगढीका मेयर गोपाल हमालले किने स्काइवेलको ईटी ५ इभी

धनगढीका मेयर गोपाल हमालले किने स्काइवेलको ईटी ५ इभी

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्काइवेल इभीको इटी ५ गाडी किनेका छन् । उनले नाडा अटो शो २०२४ मा उक्त गाडी बुकिङ गरेकोमा स्काइवेलको नेपालस्थित जी मोटर्सका एजीएम नवीन फुयाँल र सेल्स अफिसर शिरीष श्रेष्ठले धनगढीमै पुगेर उक्त गाडी डेलिभर गरेका हुन् ।

नाडामा बुकिङ लिएकोमा हालै धनगढी पुगेर कम्पनीले उक्त गाडी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालले बताए ।

इटी ५ नेपालमा सर्वाधिक ६२० किलोमिटर रेन्ज दिने विद्युतीय प्रिमियम ईभी हो ।नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लिरेन्स रहेको छ । सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएको मेयर हमालले उक्त गाडी रोजेकोमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले कृतज्ञता व्यक्त गरे ।

१५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले आगामी दिनमा सकारात्मक प्रभाव पार्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका इटी ५-६२० किमी प्रिमियम विद्युतीय एसयुभी बिक्री भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले नाडामा मात्रै १२६ वटा स्काइवेल गाडी बुकिङ गरेकोमा त्यसपछि १५० भन्दा बढी बुकिङ भइसकेको जनाएको छ ।