शीर्षकहरू

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि १ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि भन्दै असार २६ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।

प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको यी शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज ७ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको शेयर विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको टेकु, काठमाडौंमा रहेको कार्यालयमा पेश गर्नुपर्नेछ ।