शीर्षकहरू

शिव श्री हाइड्रोपावरले असोज २३ गते साधारण सभा गर्ने

शिव श्री हाइड्रोपावरले असोज २३ गते साधारण सभा गर्ने

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुलती, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।  

कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन प्रस्ताव सभाका लागि तय भएको छ । लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन ।