शीर्षकहरू

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ७ सय रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।