शीर्षकहरू

प्रधानन्यायाधीशमा राउत सिफारिस

प्रधानन्यायाधीशमा राउत सिफारिस

काठमाडौं ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिं राउतलाई सिफारिस गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागिप्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल, डा. नहकुल सुवेदीको नाम प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदको सचिवालयमा पठाएको थियो ।

अहिलेसम्मको अभ्यास अनुसार, संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्दै आएकोमा सोही व्यवस्थाअनुसार राउतको नाम सिफारिस गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले योग्यता पुगेकाहरुको सूची पठाएको थियो ।