शीर्षकहरू

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् । 

प्रतिवेदन पेस गर्दै थापाले छानविनको क्रममा ६६ पटक बैठक बसेको जानकारी दिए । सहकारी ठगी गरेर फरार रहेका २९ जनालाई सोधपुछ गर्न खोजी गरि समिति समक्ष उपस्थित गराउन समेत समितिले सरकारलाई निर्देशन दिएको थियो ।