शीर्षकहरू

आँखुखोला जलविद्युतको साढे १७ लाखभन्दा बढी हकप्रद बिकेन

आँखुखोला जलविद्युतको साढे १७ लाखभन्दा बढी हकप्रद बिकेन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि बिक्री गरेको हकप्रद खरिदका लागि रितपूर्वक आवेदन निे ४१ हजार ३६२ जनालाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट भएको हो । 

यो बाँडफाँटमा १७ लाख ५० हजार २४८ कित्ता हकप्रद भने विक्री हुन नसकेको देखिन्छ । बाँडफाँटमा नपरेको हकप्रद शेयर वापत्को रकम असोज ४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।

पहिलो चरणमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।

१५० प्रतिशत हकप्रद शेयर सम्पूण कित्ता बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।