शीर्षकहरू

टेक्नोको ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा, यस्तो छ मूल्य

टेक्नोको ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो डिभाइस मात्र ११ हजार ९९० रुपैयाँमा तयार गरिएको छ । जसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार चार वर्षभन्दा माथिको सुस्तता रहित कार्यसम्पादनको संकल्पका साथ, पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनका रुपमा तयार गरिएको छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ। यसले तपाइँको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्दछ र तपाइँलाई आगामी वर्षहरुको लागि पनि सन्तुष्ट राख्दछ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, ‘फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं। यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ । स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’ 

टेक्नो स्पार्क गो वानले ८ जीबी र १२८ जीबीसम्मको लागि ११ हजार ९९० रुपैयाँदेखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ। यो सेप्टेम्बर १६ मा नेपालका  स्टोरहरूमा आउने छ र नेपालभर अफलाइन र अनलाइन दुवैमा उपलब्ध हुनेछ। टेक्नो स्पार्क गो वान तीन वटा भेरियन्टहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।