शीर्षकहरू

‘बर्जर नगद उत्सव’ योजना सार्वजनिक

‘बर्जर नगद उत्सव’ योजना सार्वजनिक

काठमाडौं । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई एक लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले यस अभियान मार्फत ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिने बताए । साथै उनले चाडपर्वलाई अझ विशेष बनाउँदै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने समेत बताए । 

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुनेछ । घरधनिहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्नेछन् ।