शीर्षकहरू

साताको पहिलो शेयर कारोबारः ५०.७३ अंकले घट्यो, १० अर्बको कारोबार

साताको पहिलो शेयर कारोबारः ५०.७३ अंकले घट्यो, १० अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६ सय ३७ दशमलव ७९ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २४ वटाको बढेको छ भने २१९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै स्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावरे लिमिटेडको शेयरमूल्य भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६४ करोड ३८ हजार बराबरको कारोबार भएको छ ।