शीर्षकहरू

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तोलामै एक लाख ५६ हजार ८ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।             

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ ।                            

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।