शीर्षकहरू

सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ नियुक्त

सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजोज मान श्रेष्ट नियुक्त भएका छन् । भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कम्पनीका अनुसार सीईओ श्रेष्ठको कार्याकाल असोज ३ गतेदेखि लागू हुनेछ । श्रेष्ठको पहिलो चार वर्षे कार्यकाल सकिएसँगै कम्पनीले दोस्रो चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।