शीर्षकहरू

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो । भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ । यस वर्ष कम्पनीको लाभांश बढेको हो । गत वर्ष भने कम्पनीले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।