शीर्षकहरू

पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाडौं । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा वजार क्षेत्र भित्रको  ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । गएको भदाैँ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसंगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन दिएको निर्देशन  दिएका हुन् ।   

मन्त्रीको निर्देशन पछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए । उनका अनुसार ब्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनीरुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानविनबाट प्राप्त  र  व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल  सरकारको स्वामित्वमा ल्याइएको हो । 

पोखरा वडा नं १ मा पि.एन. क्याम्पससंग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा, कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानविनबाट प्राप्त भएको ६ रोपनी ११ आना  ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको कास्की मालपोत प्रमुख अधिकारीले जानकारी दिए ।