शीर्षकहरू

मर्सिडिज-बेन्ज र जीलीसँग सहकार्य भएको ब्रान्ड स्मार्ट अब नेपालमा

मर्सिडिज-बेन्ज र जीलीसँग सहकार्य भएको ब्रान्ड स्मार्ट अब नेपालमा

काठमाडौं । विश्वप्रसिद्ध मर्सिडिज-बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको इलेक्ट्रिक ब्राण्ड स्मार्ट नेपाल आएको छ । नेपालका लागि आधिकारिक विक्रेता ​​​​​​​सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ को नेपालमा चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसले ​​​​​​​इभीमा आधुनिकताको नयाँ लहर ल्याउने विश्वास कम्पनीको छ । नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडिज-बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको हो । चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी-सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथै यस ब्रान्ड छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल भएको छ । दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार युरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर-असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।

विश्वव्यापी मर्सिडिज बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुुँदै र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने छ ।