शीर्षकहरू

इम्पेरियल सेक्युरिटिजले असोज १८ गते बोलायो साधारण सभा

इम्पेरियल सेक्युरिटिजले असोज १८ गते बोलायो साधारण सभा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को रुपमा सञ्चालित इम्पेरियल सेक्युरिटिजले असोज १८ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय अनामनगर, काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले शेयरधनीहरूका लागि २५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको लोगो परिवर्तन सम्बन्धि निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।