शीर्षकहरू

नबिल स्टक डिलरले लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

नबिल स्टक डिलरले लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय तीनधारा, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।  

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । २०८० साल भदौ २० गतेदेखि औपचारिक रुपमा यो कम्पनी सञ्चालनमा रहेको छ ।