शीर्षकहरू

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । मन्त्रिपरिषदले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओमा ज्ञावलीलाई नियुक्त गरेको हो ।

निवेदन दिनेहरूमध्येबाट ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा निस्केको थियो । गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो ।