शीर्षकहरू

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८०÷८१ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितिमा क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८०÷८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम भाद्र २५ गतेबाट भाद्र २७ गतेसम्म ३ दिन चितवनमा सञ्चालन भएको हो ।  

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक सोन बहादुर मगरले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए । 

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी प्रेसिडेन्ट क्लव, सिइयो क्लव, म्यानेजर क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईंले अभिकर्ताहरुलाई सम्मान गर्दै हौसला प्रदान गरे । 

कार्यक्रममा इन्स्योरेन्स सेल्स मोटिभेसनल कोच विजय कुमार झाको उत्प्रेरणात्मक सेसन रहेको थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेज्यूले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।