शीर्षकहरू

आज रातिदेखि यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज रातिदेखि यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।

लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ।   लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हावाहुरी सहित भारी वर्षाको  सम्भावना रहेको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखी अति भारी  वर्षाको  पनि सम्भावनारहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

भोलि भदौ २८ गते (शुक्रबार) दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा  हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखी अति भारी  वर्षाको पनि सम्भावना रहेको छ। 

राति सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखी अति भारी  वर्षाको पनि सम्भावना रहेको छ।