शीर्षकहरू

केईका गाडीको टेष्ट ड्राइभ हुने, हात खाली नहुनेगरी उपहार दिइने

केईका गाडीको टेष्ट ड्राइभ हुने, हात खाली नहुनेगरी उपहार दिइने

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले केईका गाडीको टेस्ट ड्राइभ आयोजना गर्ने भएको छ । कम्पनीले भदौ २९ र ३० गते टेस्ट ड्राइभ आयोजना गर्न लागेको हो ।

भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एसयूभ एक्स थ्रि प्रो ईभी, इलेक्ट्रीक ह्याचब्याक ईक्वुट ०४ र इक्वुट ०२ गाडीको टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको पनि कम्पनीले जानकारी दिएको छ । सहभागीहरुमध्ये एक जनाले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चकोको मिक्सर ग्रिन्डदर प्राप्त गर्नेछन्। 

इच्छुकले केईको शोरुम गई टेस्ट ड्राइभका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।