शीर्षकहरू

मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने प्रहरी निरीक्षक सुवेदीविरुद्ध मुद्दा दायर

मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने प्रहरी निरीक्षक सुवेदीविरुद्ध मुद्दा दायर

काठमाडौं । मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने एक प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन्छु भन्दै घुस मागेको पाइएको छ । उनले दाजुसँग ९९ हजार घुस÷रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोबारे अनुसन्धान हुँदा उनले घुस लिएको पुष्टि भएको छ ।  

सुवेदीविरुद्ध ९९ हजार रुपैयाँ बिगो बमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।