शीर्षकहरू

पशुपति कोटिहोमबाट २० करोड १५ लाख संकलन, घाटा भएको दाबी

पशुपति कोटिहोमबाट २० करोड १५ लाख संकलन, घाटा भएको दाबी

काठमाडौं । गएको साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा आयोजित ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’को हिसाब सार्वजनिक गरिएको छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा कोटीहोम महात्म्य तथा महायज्ञ आयोजना गरिएको थियो ।

उक्त महायज्ञका आयोजक कृष्णमुर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीले को६ीहोमबाट  कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको बताएका छन् । तर महायज्ञबाट ७२ लाख ५० हजार ३०४ रुपैयाँ बराबर घाटा भएको उनको भनाइ छ । महायज्ञमा कुल २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी उनले दिए ।

महायज्ञमा कबोल भएको करिब २ करोड जति भने उठ्न बाँकी रहेको उनको भनाइ छ ।