शीर्षकहरू

रेग्मीले पाए राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी

रेग्मीले पाए राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरेको छ । बैंक व्यवस्थापन समितिको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो । 

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।