शीर्षकहरू

एभरेडीका अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च सार्वजनिक

एभरेडीका अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च सार्वजनिक

काठमाडौं । एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेडको उत्पादन रहेको अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च नेपालमा सार्वजनिक भएको छ । नयाँ र अपडेटेड भर्जनमा कम्पनीले आफ्ना उत्पादन सार्वजनिक गरेको हो ।

यी उत्पादनहरुले एभरेडीको उत्कृष्टता, अनुसन्धान, र सामाजिक प्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको कम्पनीको भनाइ छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरुले दैनिक जीवनलाई बढावा दिँदै व्यक्तिगत सुरक्षामा उपयुक्त हुने विश्वास कम्पनीको छ ।

एभरेडीले आफ्नो अद्भुत 'खेलिन्छ त सिकिन्छ' भन्ने अभियान मार्फत् बालबालिकाहरुले मज्जा भन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनपयोगी सिपहरुलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन् ब्याट्रीहरु प्रस्तुत गरेको बताएको छ ।

आविष्कार प्रतिको एभरेडीको प्रतिबद्धता स्वरुप नयाँ अल्टिमा शृंखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने AA/AAA ब्याट्रीहरु ८००% लामो कार्यसम्पादन दिने दाबी गरिएको छ ।

एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको आवाज उठाउने शक्ति अभियानका साथ प्रस्तुत गरिएको बताइएको छ । यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबी टाइप-बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँकने विशेषताहरु छन् ।