शीर्षकहरू

इन्जिनयर्स एशोसिएसनको चुनाव भोलि, यस्ता छन् उम्मेदवार र एजेण्डा

इन्जिनयर्स एशोसिएसनको चुनाव भोलि, यस्ता छन् उम्मेदवार र एजेण्डा

काठमाडौं । इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको निर्वाचन भोलि (भदौ २८) गते हुने भएको छ । वि.सं. २०१९ मा स्थापना भएको एशोसिएसनको निर्वाचनमा केन्द्रमा १८ जना र प्रदेशमा १६ जना केन्द्रीय समिति सदस्यसहित सदस्य र सातवटै प्रदेशका ११२ जना गरी १३० पदाधिकारी एवं सदस्य सहभागी हुँदैछन् ।

केन्द्र र प्रदेशमा हुने निर्वाचनका लागि इन्जिनियरहरूले दौडधूप बढाएका छन् । एशोसिएसनको अध्यक्ष पदका लागि रामेश्वरप्रसाद कलवार, राजेन्द्रप्रसाद हाडा, विष्णप्रसाद पाण्डे, विष्णु श्रेष्ठ, नन्दलाल बन्जाडे, सुवासचन्द्र बरालले उम्मेदवारी दिएका छन् । उनीहरूले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । एशोसिएसनको कार्यकारिणी समितिको पदाधिकारीमा ४० र सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।

इन्जिनियरहरूको पेसागत हकहित र अधिकारको संरक्षण, गुणस्तरिय, मर्यादित एवं सम्मानित पेसा निर्माण, ईन्जिनियरहरुको लागि निजी क्षेत्रमा पनि अनिवार्य न्युनतम मापदण्ड, प्रयाप्त तलव, शर्त र सुविधा सहित पेशागत एवं सामाजिक सुरक्षा करार सम्झौता ईन्जिनियरहरुको जीवनको सम्पूर्ण सुरक्षा, निजामती प्रशासनमा सबै सेवालाई समानता, सरकारको सचिव लगायतको पदमा निजामती सेवा वा सो सरह ईन्जिनियरिङ्ग सेवाको पनि न्यायोचित प्रतिनिधित्व, स्थानीय तहको प्रमुख कार्यकारी अधिकृतमा ईन्जिनियरिङ्ग सेवाबाट नियुक्ति हुने व्यवस्था, स्थानीय विकासको लागि एक वडा एक ईन्जिनियरको व्यवस्था,अनलाइन/अफलाइन हेल्प डेस्कको संचालन, ईन्जिनियरहरूको निरन्तर सिप तथा क्षमता विकासमा प्राथमिकता, बजारमा आवश्यक ईन्जिनियरिङ्ग जनशक्ति अनुरुपको ईन्जिनियरिङ्ग पाठ्यक्रम र समयानुकुल शिक्षा, नेपालमा हुने वैदेशिक कम्पनीको निर्माण कार्यमा नेपाली ईन्जिनियरहरूको सहभागिता अनिवार्य,ईन्जिनियरहरुको निरन्तर क्षमता विकास र सिपमा अपग्रेड र यथासीघ्र स्थापना ईन्जिनियरिङ्ग स्टाफ कलेजको स्थापना,  सार्वजनिक खरीद नियमावली र ऐनमा देखिएका समस्याहरुको आवश्यक समाधान, नेपाल ईन्जिनियरिङ्ग काउन्सिल तथा नेपाल ईन्जिनियर्स एशोसिएसनमा देशको विविधता र संविधानको मर्म अनुसार समावेशी, समानुपातिक एवं समुचित प्रतिनिधित्वलगायतका एजेण्डाहरूका साथ इन्जिनियरहरू निर्वाचनमा सहभागी हुँदैछन् ।

एशोसिएनको औचित्यमाथि प्रश्न उठिरहेको र नयाँ पुस्तामा संस्थाप्रति विकर्षण बढिहरेको समयमा समग्र इन्जिनियरिङ पेसाका समस्यालाई सम्बोधन गर्नेगरी निर्वाचनमा सहभागी भएकोमा रामेश्वरप्रसाद कलवारको प्यानलबाट उपमहासचिव पदमा उम्मेदवारी दिएका टोपबहादुर बानियाले बताए । २०५३ सालदेखि सरकारी सेवामा आवद्ध रहेका उनले भने, 'हामीले भोट फर चेन्ज नाराका साथ उम्मेदवारी दिएका छौँ । पक्कै पनि पछिल्लो समय केही समस्याहरू एशोसिएसनमा देखिएका छन्, नयाँ पुस्तामा वितृष्णा पैदा भएको छ, ती सबै समस्या समाधान गरी इन्जिनयरको हकहित र अधिकारका लागि भनेरै हामी निर्वाचनमा सहभागी हुन लागेका हौँ ।'

यी हुन् उम्मेदवारहरू