शीर्षकहरू

बेष्ट फाइनान्सको सञ्चालकमा गौतम नियुक्त

बेष्ट फाइनान्सको सञ्चालकमा गौतम नियुक्त

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा. रामजी गौतम नियुक्त भएका छन् । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट रित्त सञ्चालकमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

गौतमलाई बाँकी कार्याकालका लागि नियुक्त गरिएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै दिएको हो ।