शीर्षकहरू

हिमालयन बैंकको ४ लाख २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंकको ४ लाख २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ४ लाख २८ हजार ५४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

बैंकले पाँच जना शेयरधनीहरूको नाममा रहेको यी शेयर आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।