शीर्षकहरू

कामना सेवा विकास बैंकले सर्वसाधारणमा बिक्रीमा ल्यायो शेयर

कामना सेवा विकास बैंकले सर्वसाधारणमा बिक्रीमा ल्यायो शेयर

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक तर्फको ३५ हजार ५३४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

भदौ २७ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि असोज २ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ३५ हजार ५३४ कित्ता माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज ४ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने जानकारी समेत कम्पनीले दिएको छ ।