शीर्षकहरू

सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलद्वारा निःशुल्क शेयर लगानी व्यवस्थापन सेवा

सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलद्वारा निःशुल्क शेयर लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि सित्तैमा लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै कर्मचारीहरुमा अब कसरी शेयर कारोबार गर्ने भन्न चिन्ता हट्ने भएको छ । 

 सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको क्यापिटलले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम ३ लाख रुपैयाँ (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सकिने छ भने वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्ने सित्तैमा गज्जवको योजना बजारमा ल्याएको छ । 

क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशत सम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्पmत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सकिने छ । साथै सामाजिक सञ्जाल मार्फत पनि सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सकिनेछ ।