शीर्षकहरू

सानिमा बैंकका ग्राहकहरुलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशत छुट

सानिमा बैंकका ग्राहकहरुलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्युआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खाना लगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।