शीर्षकहरू

नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा, पैसा जम्मा गर्न क्यास काउन्टरमै पुग्नुपर्ने अवस्था अन्त्य

नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा, पैसा जम्मा गर्न क्यास काउन्टरमै पुग्नुपर्ने अवस्था अन्त्य

काठमाडौं । नेपाल बैंक लिमिटेडको नगद निक्षेप मेसिन सञ्चालनमा आएको छ ।

बैंकले काठमाडौंमा रहेको आफ्नो मुख्य शाखा न्युरोड, धर्मपथमा अवस्थित बैंकिङ अफिसमा पहिलो  नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो ।

नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गर्दै लगिने जनाएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकाले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।