शीर्षकहरू

नेप्से २६ सय बिन्दुनजिक, ६ दिनमा २२० अंकले घट्यो

नेप्से २६ सय बिन्दुनजिक, ६ दिनमा २२० अंकले घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । आज २२.७३ अंकले घटेर शेयर बजार २६१०.२१ बिन्दुमा बन्द भएको छ । २६०२ बिन्दुसम्म झरेको नेप्से अन्तिम केही समयमा थोरै उकालो लागेको हो ।

अघिल्लो बुधबारदेखि घटिरहेको नेप्से निरन्तर ओरालो लाग्ने क्रममा छ । निरन्तर घटिरहेको शेयर बजार पछिल्ला ६ दिनमा मात्रै करिब २२० अर्थात् २१९.९७ अंकले घटेको छ । गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको पुँजीबजार यो साताका चारवटै कारोबार दिन घटेको छ । नेप्से आइतबार २५.४६ अंक, सोमबार ५५.८६ अंक र मंगलबार १३.०९ अंकले घटेको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा रहेको छ । आज ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहबाहेक १० उपसमूहको शेयरमूल्य घटेको छ । विन लघुवित्तले सर्किट हान्दा थ्रिस्टार हाइड्रोपावरको ९.४८ प्रतिशतले शेयर बढेको छ ।