शीर्षकहरू

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

काठमाडौं । अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहाना लु १ ज ४७६३ नम्बर जिप दुर्घटना भएको हो ।

दुर्घटनामा​​​​​​​ चालकसहित १० जना घाइते भएकोमा एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । मृतक अन्दाजी ४०-४० वर्षीय पुरुष रहेकोमा उनको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपिन कार्कीले जानकारी दिए ।

घाइते ९ जनामध्ये गम्भीर ३ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको कार्कीले बताए ।​​​​