शीर्षकहरू

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा मैनाली नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन् । 

गत भददौ २० गते उपप्रधान तथा अर्थ मन्त्रालयले गरेको मन्त्रिस्तरको निर्णयानुसार मैनाली सञ्चालक समितिको सञ्चालक सदस्यमा मनोनयन भएका हुन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु सञ्जीवकुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको  थियो ।