शीर्षकहरू

व्यवसायीले हटाए पसलबाट सामसुङका मोबाइल

व्यवसायीले हटाए पसलबाट सामसुङका मोबाइल

काठमाडौं । देशभरका मोबाइल व्यवसायीले आफ्नो पसलबाट सामसुङका मोबाइल सेटहरू हटाएका छन् । व्यवसायी र सामसुङ नेपालबीच केही दिन अगाडी सुदूरपश्चिममा भएको विवादलाई लिएर व्यवसायीहरूले सामसुङ मोबाइल बिक्रीमा रोक लगाएका हुन् । 

मंगलबार नेपाल मोबाइल व्यवसायी महासंघले भदौ २६ र २७ गते देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने निर्णय गरेको छ । सोही अनुसार व्यवसायीहरूले आफ्नो पसलबाट सामसुङका मोबाइल सेटहरू हटाएका छन् ।

‘२६ गते बिहानेदेखि पहिलो दुई दिन (२६ र २७ भाद्र) देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने र त्यस अवधिमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको सरोकारवाला सबैलाई जानकारी गराइन्छ’, महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पढौँ, यो पनि: 

सामसुङ र मोबाइल व्यवसायीबीच विवाद चुलिँदै: सुदूरपश्चिममा किनबेच ठप्प, देशभर के होला ?

भोलिदेखि देशभरका व्यवसायीले सामसुङ मोबाइल नबेच्ने