शीर्षकहरू

नबिल ब्यालेन्स्ड फण्ड २ ले यस वर्ष ८ प्रतिशत प्रतिफल दिने

नबिल ब्यालेन्स्ड फण्ड २ ले यस वर्ष ८ प्रतिशत प्रतिफल दिने

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश (प्रतिफल) सार्वजनिक गरेको छ । यस वर्ष योजनाले ८ प्रतिशत कर समेत प्रतिफल वितरण गर्ने भएको हो ।

भदौ २५ गते अपरान्ह बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको ८ प्रतिशत दरले हुन आउने ८ करोड ९६ लाख रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजनाले असोज ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।  

बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र यो प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् । गत वर्ष ९ दशमलव ६ प्रतिशत प्रतिफल वितरण गरेको योजनाले यस वर्ष गत वर्षभन्दा कम प्रतिफल वितरण गर्न लागेको हो ।