शीर्षकहरू

नबिल फ्लेक्सी क्याप फण्डले प्रस्ताव गर्यो ५ प्रतिशत लाभांश

नबिल फ्लेक्सी क्याप फण्डले प्रस्ताव गर्यो ५ प्रतिशत लाभांश

काठमाडौं । नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ५ प्रतिशत कर समेत लाभांश (प्रतिफल) प्रस्ताव गरेको छ । नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाले गत असार मसान्तसम्म कायम इकाई पूँजी ६२ करोड ४३ लाख १२ हजार २१० रुपैयाँको आधारमा ५ प्रतिशत दरले हुन आउने ३ कराड १२ लाख १५ हजार ६११ रुपैयाँ बराबरको कर समेत प्रतिफल वितरण गर्न लागेको हो । 

भदौ २५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त प्रतिफल प्रयोजनका लागि भदौ २६ गते एक दिन बुक क्लोज गर्न लागिएको छ । बुक क्लोजको आधारमा भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । खुलामुखी प्रकृतिको यस योजनाको प्रतिफल रकमलाई योजनाको इकाईहरुमा पुनः लगानी गर्न सकिने व्यवस्था छ । 

डेभिडेन्ड रि इन्भेष्टमेन्ट प्लानमा सहभागी हुन इच्छुक इकाईधनीहरूले असोज १० गतेसम्म योजना व्यवस्थापकको कार्यालयमा आवेदन फारम भरी सहभागी हुन सक्ने व्यवस्था रहेको छ । तोकिएको अवधिभित्र पुनः लगानी गर्न चाहने इकाईधनीहरूको संकलिन नामको आधारमा सोझै इकाईधनीहरूको हितग्राही खातामा इकाई जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ । 

यस वर्षको प्रतिफल योजना व्यवस्थापकले असोज १३ गतेपछि सम्बन्धित इकाईधनीहरूको हितग्राही खातामा जम्मा गरिने बताएको छ ।