शीर्षकहरू

लर्डबुद्ध एजुकेसन फाउण्डेसनको २६ औं बार्षिकोत्सव सम्पन्न

लर्डबुद्ध एजुकेसन फाउण्डेसनको २६ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसनको २६ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।  नेपालमा सूचना प्रविधिको युग शुरु नहुँदै स्थापना भएको फाउण्डेसनले सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेसन फाण्डेसनले खेलेको भूमिका अतुलनीय रहेको छ । फाउन्डेसनका अध्यक्ष पंकज जलान र कार्यकारी निर्देशक प्रकाश कुमार केजविालले संयुक्त रुपमा केक काटेर संस्थाको बार्षिकोत्सव मनाए । 

सूचना प्रविधिसम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एलबीईएफले आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदै आएको । लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन गराउने गरेको छ । 

फाउन्डेसनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने गरेको छ  ।  सूचना प्रविधिसम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कलेजले पढ्दै कमाउँदै नीतिलाई समेत अंगीकार गर्दै आएको छ ।