शीर्षकहरू

चित्रलेखा यादवलाई अष्ट्रेलियासहित १७ देश हेर्नेगरि राजदूतमा नियुक्त  [मन्त्रिपरिषद बैठक पूर्वापाठ]

चित्रलेखा यादवलाई अष्ट्रेलियासहित १७ देश हेर्नेगरि राजदूतमा नियुक्त  [मन्त्रिपरिषद बैठक पूर्वापाठ]

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चित्रलेखा यादवलाई अष्ट्रेलियासहित १७ देश हुर्नेगरि राजदूतमा नियुक्त गरेको छ । यो निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले सिराह निवासी यादवलाई अष्ट्रेलियाको लागि आवासीय नेपाली राजदूत र गणतन्त्र फिजी, न्यूजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु, टुभालु, सोमामन आइल्याण्डस, सामोआ,गणतन्त्र पलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल आइल्याण्ड र ओङगो अधिराज्यका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिए ।

त्यस्तै, अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, ‘अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएको छ ।